रक्सौल जान चारचक्केलाई पास !

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

नेपाल र भारतीय सीमाका बजारहरुमा नेपाली चारचक्के सवारी साधन आवतजावत बन्द गरिएको छ । भारतले नेपाली चारचक्के सवारी साधनलाई पासविना भारत छिर्न नदिने भएको छ ।

मंगलबार वीरगंज हुँदै भारतीय बजार रक्सौल जान खोजेका सबै चारचक्के सवारी साधन वीरगंज भन्सार गेटबाटै फिर्ता भएका थिए । भारतीय कस्ट्युम अफिसका सुुरक्षाकर्मीहरुले मोटरसाइकलसमेत पासविना प्रवेश निषेध गराउन निर्देशन आएको बताए । उनले भने, ‘अहिले हामी चारचक्के सवारी साधनको मात्र अनुगमन गरेर मोटरसाइकल छाडिरहेका छौँ, तर निर्देशन चैँ मोटरसाइकल पनि रोक्नु भन्ने छ ।’

सीमामा खटिएका सुरक्षाकर्मीका अनुसार, वीरगंज हुँदै रक्सौल जान चाहने चार चक्के सवारी साधनका लागि वीरगंजमा रहेको भारतीय महावाणिज्यदुतावासबाट पास लिनु पर्ने व्यवस्था गरिएको छ ।

यस्तै, महोत्तरीको जलेश्वर हुँदै भारत जाने सीमामा पनि चारचक्के सवारी साधनलाई प्रवेश निषेध गरिएको बताइएको छ । मधेश प्रदेशको सीमा हुँदै भारत जाने सबै नाकामा चारचक्के सवारी साधनलाई प्रवेशमा पास अनिवार्य गरिएको बताइएको छ ।

मधेश प्रदेशमा भारतीय सीमा बजार आवतजावतमा कुनै अवरोध नहुँदा त्यहाँको बजारमा नेपाली समुदाय किनमेलका लागि सहजसँग आउजाउ गर्नेमा अब पासको व्यवस्था गरेर भारतले सीमा सुरक्षामा कडाइ गरेको पाइएको छ । यसले भारतीय बजार पुग्ने नेपाली समुदाय रोकिने छ भने भारतीय बजारको कारोबार पनि घट्नेछ । सुरक्षाका हिसाबले गरिएको यो कडाइले आर्थिक कारोबारमा प्रभाव पार्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button