खानेपानी मन्त्रीको निर्देशनमा टोलटोलमा पानी वितरण सुरु

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

वीरगंज–१४ बहुरीमा प्रदेश सरकारको पहलमा बोरिङ गरी केही दिनभित्र पानी संकलन सुरु हुने भएको छ । ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सिंहासन सा कलवारको निर्देशनमा वीरगंजमा देखिएको पानीको अभाव कम गर्न बोरिङ खनेर भए पनि पानी संकलन र वितरण गर्ने काम सुरु हुन लागेको हो ।

खानेपानी तथा सरसफाइ डिभिजजन कार्यालय बारा र पर्साका प्रमुख किशोरी प्रसाद यादव

यस्तै, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बारा र पर्साका प्रमुख किशोरी प्रसाद यादवले पानी अभाव टार्न आपत्कालीन सेवा सुरु भएको बताएका छन् । पानी नभएको बस्तीमा ट्यांकरबाट टोलटोलमा पानी वितरण सुरु गरिएको उनले बताए । दैनिक १ लाख २० हजार लिटर पानी छ्पकैया, बहुअरी, श्रीपुर, रानिघाटलगायतका वीरगंज महानगरका विभिन्न ठाउँमा वितरण सुरु भएको छ ।

यस्तै, बहुदरमाइमा समेत एसडिबि ट्यांकीबाट २ हजार लिटरका दरले टोलटोलमा पानी वितरण गरिएको यादवले बताए । वडा कार्यालयसँग समन्वय गरी १० ठाउँमा पानी राखेर वितरण भइरहेको छ । यस्तै, ठोरीको वडा नबर १ सर्वसती नगरमा ओभरहेड ट्यांकी सञ्चालनमा ल्याइएको छ । बाराको फेटामा पानी व्यवस्थापन सुरु गरिएको छ । प्रसौनीमा करिब १ हजार नागरिकलाई खानेपानीसँग समन्वय गरी धारा जडान सुरु गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button