
मधेशदृष्टि
राैतहट ।
प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेकाे छ । सर्लाही, मलंगवा-७ का ६५ वर्षीय माेहन राय र ४५ वर्षीय उमेश रायलाई पक्राउ गरिएकाे प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।
माैलापुर बजार आइटी चाेकमा शुक्रबार साँझ प्रहरी टाेलीले सवारी चेकजाँच गर्ने क्रममा बाराबाट घर जाँदै गरेको भारतीय नम्बर युपी ५० एन ३२३८ नम्बरको माेटरसाइकलकाे सिटमुनि लुकाएर राखेको अवस्थामा १ थान नलकटुवा पेस्तोल र १ थान गाेली बरामद भएको डिएसपी यादवले जानकारी दिए ।
अवैध हतियार र माेटरसाइकलमा सवार दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






