
मधेशदृष्टि
वीरगंज ।
विधापतिनगर झांझी टोल सुधार तथा व्यवस्थापन समिति श्रीपुरद्वारा खुल्ला रक्तदान कार्यक्रम भएको छ ।
रगतको बढदो मागलाई मध्यनजर गर्दै गरिएको रक्तदान कार्यक्रम वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले उद्घाटन गरेका थिए । कार्यक्रममा उपप्रमुख आलमले रक्तदान गर्नु स्वाभाविक भएको र रक्तदानले शरीर स्वस्थ रहनुका साथै तन्दुरुस्त रहने बताए । उनले रगतको अभावमा कयौँले मृत्युवरण गरिरहनु परेकाले रक्तदान जीवन दानसरह भएको बताए ।
विधापतिनगर झांझी टोल सुधार तथा व्यवस्थापन समितिका अध्यक्ष सोएन अनवरको अध्यक्षतामा भएको कार्यक्रममा समितिका उपाध्यक्ष शिवराज प्रसाद यादव, सचिव मणिभुषण दृबेदि, सहसचिव केशव प्रसाद चौरसिया, कोषाध्यक्ष शुकदेव प्रसाद चौरसिया, सदस्य प्रमोद गिरि, फिरोज हवारी, महेश राम, धनेश्वर रौनियार, चन्दा देवी, मिरा देवी रामलगायतका उपस्थिति थियो ।






