प्रेस युनियनकाे प्रभात फेरी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

नेपाल प्रेस युनियनको ३२ औँ स्थापना दिवसको अवसरमा पर्सा शाखाले प्रभात फेरी गरेकाे छ ।

वीरगंजस्थित घण्टाघर चाेक‌बाट‌‌ निस्केको प्रभात फेरी माइस्थान, आदर्शनगर, घडीअर्वा पोखरी हुँदै नगर परिक्रमापछि पुन: घण्टाघर‌ चाेकमा पुगेर समापन भएको थियो।

प्रभात फेरीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले विद्यमान कानुन पालना गरेकाे जस्ताे गरी भित्रीरुपमा नेपाली कांग्रेसलाई अप्ठेराेमा पार्ने गरेर सांकेतिक रुपमा सरकारका विभिन्न अंग बदनाम गरिएकाे हुनाले त्यसतर्फ कांग्रेसका संगठनहरुले सहयोग गर्नु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले भने, ‘आर्थिक-राजनीतिक संकटमा पत्रकारितालाई अझै बलियो बनाएर लैजान जरुरी छ ।’

नेपाल पत्रकार महासंघ पर्साका पूर्वअध्यक्ष अशाेक तिवारीले भने, ‘कुनै पत्रकार क्रियाशील छैन भने नवीकरण हुनुपर्दैन तर पत्रकारितामा देखिएकाे विकृति समाधान गरिनु पर्छ ।’

प्रभात फेरी नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा भएको हाे । कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव श्याम बन्जारा, नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य निलिमा पौडेल, नेपाल प्रेस युनियन पर्साका पूर्वअध्यक्ष रामनारायण कुर्मी, युनियन पर्सा उपाध्यक्ष क्रान्ति साह, अलि असगर देवान , पर्साका पूर्वसचिव किशोर सिंह, मधेश प्रदेशका सदस्य श्रवण प्रसाद साह, अजय कुमार साह, राहुल गुप्ता, नेपाल फोटो पत्रकार महासंघका अग्रज पत्रकार पंकज श्रेष्ठ, पर्साका क्रियाशील पत्रकार राजन रौनियार, लालबाबु सिंह,अर्जुन गुप्तालगायत विभिन्न संगठनका पत्रकार तथा नेपाली कांग्रेसका नेता मनोहर साह र दिलिपराज कार्कीको उपस्थिति थियोे । कार्यक्रम सहजिकरण नेपाल प्रेस युनियन पर्साका सचिव इरफान अलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button