सञ्जय मिश्रा
रौतहट ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रादेशिक अस्पताल गौरलाई आवाससहितको एकसय बेड क्षमताको बनाउने प्रतिवद्धता जनाएका छन् ।
प्रादेशिक अस्पताल गौरमा आइसियु, एनआइसियु उद्घाटन गर्दै उनले प्रदेशमा १ नम्बरमा सिरहा अस्पाताल र २ नम्बरमा गौर अस्पाताल रहेको चर्चा गर्दै गरे । उनले मधेश प्रदेशका सबै जिल्ला अस्पताललाई अगामी आर्थिक वर्षमा आवाससहितको एकसय बेड क्षमताको बनाउने उदघोष बताए । उनले प्रदेश सरकारा लागि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन पहिलो प्राथमिकतामा रहेको जिकिर गरे । वैदेशिक रोजगारीमा जाँदा कम्तिमा एउटा सिप सिकेर गए लेबर बन्नु नपर्ने बताए ।
जनचाहना अनुसार नै मन्त्रालय विस्तार भएको बताउँदै सिचाइँ, खानेपानी, शिक्षा, स्वास्थ्यमा विशेष प्राथमिकता राखेर बजेट विनियोजन गरिने बताए। नेपालमा मलखादको समयमा आपूर्ति नहुँदा किसान भारतीय बजारमा निर्भर रहेकाले मलखादप्रति नरम हुन स्थानीय प्रशासन लाई उनले सुझाव दिए । वीरगंजका केही पत्रकारले प्रदेश सरकारको सशर्त अनुदानमा आफ्नो नाम जोडेकाप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
कुनै सामाचार कसैको बारे लेख्दा पत्रकारले सम्बन्धित व्यक्तिसँग कम्तिमा प्रतिक्रिया राख्न पनि सुझाए । कार्यक्रममा गौर नगर प्रमुख शम्भु साह, प्रदेश सांसद शोभा साह, पूर्व मेयर अजय कुमार गुप्ता, पूर्व प्रदेश सांसद किशोरी यादवलगायतले अस्पतालमा आइसियु सञ्चालनमा मुख्य मन्त्री यादवले सहयोग गरेकामा आभार प्रकट गरे ।






