
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश सरकारमा तीन मन्त्रीको शपथ भएको छ ।
नेपाली कांग्रेसका संसदीय दलका नेता रामकृष्ण यादव भौतिक पूर्वाधार मन्त्री, कांग्रेसकै वीरेन्द्र सिंह स्वास्थ्य मन्त्री र नेकपा एसका गोविन्द न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । उनीहरुले मंगलबार शपथ खाएका छन् ।

यस्तै, जसपाका सुरिता साह र जनमतका वसन्त कुशवाहा विनाविभागीग मन्त्री भएका छन् । अरु दुई राज्यमन्त्री पनि विनाविभागीय भएका छन् ।
माओवादीले भने असन्तुष्टि जनाउँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ ।






