नीति तथा कार्यक्रममा चिनी कारखाना छुट्योः यादव

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिनिधि सभा सदस्य प्रदीप यादवले वीरगंज चिनी कारखाना सञ्चालन गर्ने विषय नीति तथा कार्यक्रमको छुटाइएकामा आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको आइतबारको विशेष समयमा सांसद् यादवले सरकारले बन्द उद्योग सञ्चालन गर्ने विषय समावेश गरे पनि वीरगंज चिनी कारखाना छुटाएको भन्दै आपत्ति जनाए । मधेश प्रदेशका कृषकहरुको आशाको केन्द्र वीरगंज चिनी कारखाना सञ्चालनमा आए जनताले रोजगारी पाउनुका साथै कृषकको उखुले बजार पाउने दाबी गरे ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम समग्रमा सन्तोषजक भए पनि कार्यन्वयनमा यादवले आशंका व्यक्त गरे । पूर्व मन्त्रीसमेत रहेका यादले भने, ‘नीति तथा कार्यक्रम समग्रमा राम्रै छ । केही विगतकै कार्यक्रमले पनि निरन्तरता पाएका छन् भने केही थपिएका छन् । तर कार्यन्वयन हुन गाह्रो छ । यसअघिकै कार्यक्रम पनि कार्यान्वयन हुन सकेका छैनन् । यदि नीति तथा कार्यक्रम कार्यन्वयन हुन सक्यो भने देश कायापलट हुन कुनै समय लाग्दैन ।’

देशमा मन्दीले विकराल रुप लिँदै गर्दा अर्थतन्त्र सबल र सुदृढ बन्दै गएको भन्ने मनगढन्ते विषय सरकारले बोलिरहेको यादवको टिप्पणी छ । अविश्वसनीय नीति तथा कार्यक्रमले सरकारको अर्थतन्त्रलाई सबल बनाउन नसकिने उनको ठहर छ । नीति तथा कार्यक्रममा ढुंगा खानीको संरक्षण गर्ने कुरा उल्लेख गर्नुलाई सकारात्मक पक्षका रुपमा लिए पनि ढुंगाको निकासी गर्ने विषयमा भने उनले असन्तुष्टी पोखे ।

प्राकृतिक सम्पदा निकासी हुँदा भूमण्डलीय स्वरुप खल्बलिनुका साथै ढुंगा निकासीले मधेशलाई मरुभूमि बनाउने योजनाको रुपमा ल्याएको यादवको बुझाइ छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा जोड दिँदै पूर्वमन्त्री यादवले कनिका छरे जसरी बजेट नराखी निर्माणका लागि लाग्ने बजेटको सुनिश्चितता गर्न आग्रह गरे ।

त्यसअघि सांसद यादवले संघीयता कसैको उपहार र बक्सिसका रुपमा नआएको दाबी गर्दै हजारौँ मधेशी, दलित, जनजाती, महिलालगायतको आन्दोलनको देन भएको बताए । संघीयता बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी जति पनि अधिकार नदिइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button