
मधेशदृष्टि
जनकपुरधाम ।
डा.सिके राउत नेतृत्वको जनमत पार्टीको विभिन्न भातृसंगठनको जिल्ला समितिहरु गठन भएको छ । शनिबार बसेको बैठकबाट भातृसंगठनहरुका धनुषा जिल्ला पदाधिकारीहरु तोकिएका हुन्।
जनमतको भातृसंगठन युवा जनमत संघका धनुषा संयोजकमा देव महरा चयन भएको छ भने सहसंयोजकद्वयमा धर्मनाथ साह र इजाज अंसारी चयन गरिएको हो । त्यसैगरि चिकित्सक जनमत संघका संयोजकमा डा.अशोक साह चयन भएको छ भने सहसंयोजकद्धयमा डा.सुनिल महासेठ र खुशी पाण्डे चयन भएका छन् । त्यस्तै खेलकुद जनमत संघको संयोजकमा ललन यादब र सहसंयोजकमा समसुदिन राजा चयन भएको छ भने मस्लिम जनमत संघको संयोजकमा हारुल नदाफ चयन गरिएको छ ।
पार्टीको अन्य भातृसंगठन एव मोर्चाको जिम्मेवारी आइतबारको बैठकबाट तोकिने पार्टीका नेता विपी साहले जानकारि दिएका छन् ।
त्यस्तै शनिवारनै जनकपुरधाम स्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलको अध्यक्षता र जनमत पार्टीका नेता बीपी साहको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न पार्टी परित्याग गरी छुट्टाछुट्टै समूहमा एक सय जनाभन्दा बढीले जनमत पार्टी प्रवेश गरेका हुन् ।






