अखिल नेपाल शिक्षक संगठन रौतहटको अध्यक्षमा बुनिलाल यादव सर्वसहमत

[mashshare]

एकिकृत अखिल नेपाल शिक्षक संगठन रौतहट समन्वय समितिको अध्यक्षमा बुनिलाल प्रसाद यादव चयन हुनुभएको छ ।शनिबार ( आज ) गरुडाको आशिर्वाद गेष्ट हाउसमा सम्पन्न छैठौ जिल्ला अधिवेशन २०७९ बाट यादवको अध्यक्षतामा २१ सदस्यीय नयाँ समन्वय समिति चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा जयजन्म पटेल, सचिवमा बुद्धिराज नेपाली र कोषध्यक्षमा मालादेवी जयसवाल रहनुभएको अखिल नेपाल शिक्षक संगठन रौतहटले जानकारी दिएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन रौतहटका अध्यक्ष बुनिलाल यादवको अध्यक्षता तथा प्रदेश सभा सदस्य युवराज भट्टराइ समिरको प्रमुख आतिथ्यता एवम एकिकृत नेकपा माओवादी केन्द्रका रौतहट ईन्चार्ज एवं संविधान सभा सदस्य देवेन्द्र पटेलको बिशिष्ट आतिथ्यमा अधिवेशनको उद्घाटन गरिएको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा सो संगठनका यू.ए.एन.टि.ओ.की केन्द्रिय उाध्यक्ष किरण यादव,केन्द्रिय उप महासचिव रघुनन्दन राय यादव,अन्र्तराष्ट्रिय समबन्ध समितिका केन्द्रिय सदस्य अनिल दास,प्रदेश अध्यक्ष भूपनारायण अधिकारी,गरुडाका मेयर प्रत्यासी विपिन जयसवाल,गरुडा वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनोद जयसवाल लगाएतको आतिथ्यता रहेको थियो ।

यस्तै अधिवेशनमा नेपाल शिक्षक सँघ रौतहटका अध्यक्ष रामकृपाल यादव,मधेश प्रदेश अध्यक्ष राममंगल यादवको पनि सहभागिता रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button