हुलाकी राजमार्ग अन्र्तगत वीरगञ्ज–ठोरी सडकखण्डमा गाडीको ठक्करबाट १ बालकको मृत्यु

[mashshare]

हुलाकी राजमार्ग अन्र्तगत वीरगञ्ज–ठोरी सडकखण्डमा गाडीको ठक्करबाट १ बालकको ज्यान गएको छ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ बिजयबस्ती निवासी १३ वर्षीय विश्वास श्रेष्ठको ज्यान गएको हो ।

प्रदेश नं १–०२७–०३०३ नम्बरको स्कारपियोले बिहान ८ बजे ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा ल्याइएको थियो ।

उपचारको क्रममा बिहान सवा १० बजे उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

स्कारपियोसहित चितवनको माडी नगरपालिका वडा नम्बर ३ निवासी चालक पदम बिलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनास्थल जाँच मुचुल्कालगायतका अनुसन्धानसँगै शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button