राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धन भत्किन्छ : समाजवादी अध्यक्ष माधवकुमार नेपाल

[mashshare]

७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ टुंगो नभएको बताएका छन् ।

पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उनले राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताए ।

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार मनोनयन गर्ने समय नजिकिएको भन्दै उनले एक हप्ताभित्र गठबन्धनको भविष्य प्रष्ट हुने बताएका छन् ।

सत्ता गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षधर सबै खाले शक्ति भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालको दावी छ ।

अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा चलिरहेको छ ।

बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button