मोटरसाइकल दुर्घटनामा सर्लाहीको शिक्षकको मृत्यु

[mashshare]

माघ ।  २३
पुर्व(पश्चिम् राजमार्ग अन्तर्गत रौतहटको धन्सार नजिक मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा सर्लाही घर भएका एकजना शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही जिल्ला हरिवन नगरपालिका(७ का किरण घिसिङ लामा रहेको रौतहट ट्राफिक प्रमुख ईन्स्पेक्टर बिमलाकुमारी कठायतले बताईन ।

आइतबार सांझ ६ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको मधेश प्रदेश ०४(००१(प ३५५७ नम्वरको मोटरसाईकल आफै अनियंत्रित दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक लामाको चन्द्रपुर हस्पिटलमा उपचारको क्रममा आईतवार राती ८ बजे मृत्यु भएको ईन्स्पेक्टर कठायतले बताइन् ।

मृत्यु भएका घिसिङ्ग बाराको निजगढ स्थित होलि एन्जल्स इङलिस बोर्डिङ स्कुलमा शिक्षकको रुपमा कार्यरत थिए । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थप अनुसंधान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button