नेपाल प्रेस युनियनको मधेश प्रदेशको अध्यक्षमा श्रेष्ठ

[mashshare]

बीरगंज २२ माघ ।
बाराको कलैयामा सम्पन्न नेपाल प्रेस युनियनको मधेस प्रदेश समितिको अध्यक्षमा बाराका वरिष्ठ संचारकर्मी सत्यप्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ ।

बाराको कलैयामा शनिबार बेलुकी सम्पन्न प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनले बाराका पुराना पत्रकार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सहित २५ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्षमा धनुषाका अजय साह, समावेशी उपाध्यक्षमा सोम दयाली , महिला उपाध्यक्षमा रमीता नेपाल, महासिचवमा बाराका अजय कुमार साह, सचिवमा बाराका सन्तोष पाण्डे ,पुस्तिका केसी र मनोज माझी तथा कोषाध्यक्षमा पर्साका उदय दास थारु पनि सर्वसम्मत चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा पर्साका श्रवण साह, धिरेन्द्र श्रेष्ठ ,विजय साह, गिरिराज ओली, सन्जिव साह, मुकेश झा, शैलेन्द्र सिंह, राकेश गुप्ता, सृजा थापा, बब्लु चौधरी, देवेश मल्लिक,नवीन चौधरी, हरिस खुद्दार,पवन मिश्रा,नरेश चौधरी र उतिमलाल कापरी निर्वाचित भएका छन् ।

यस्तै लेखा समितिको संयोजकमा रन्जन खरेल तथा सदस्यमा राहुल गुप्ता र प्रियंका दास चयन भएको प्रेस युनियनका केन्द्रीय सदस्य निलिमा पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button