मौलापुरको मधानी महोत्सवमा भोजपुरी सुपरस्टार पवन, काजलदेखि नेपालका केसीको बेजोड प्रस्तुती हुने

[mashshare]

बीरगंज ,२१ माघ ।
रौतहटको मौलापुरमा आगामी फागुन ५ गते धार्मिक तथा सांस्कृतिक मधानी महोत्सवको आयोजना हुने भएको छ । तराई मधेशको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटनको उदगम स्थलको रुपमा रहेको मौलापुर नगरपालिका स्थित पुरातात्वि महादेव मन्दिरको महत्वलाई जोेडेर मधानी महोत्सवको आयोजना गर्न लागिएको मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साहले बताउनु भयो ।

मौलापुर नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा आगामी फागुन ५ गते उपराष्ट्रपतिबाट नन्द पुन पासाङ्गद्वारा समुद्घाटन गरी यज्ञ प्रारम्भ गरिने र सोही दिन नेपाली सुपर स्टार भुवन केसी सहितका कलाकारहरुको सहभागिता रहने जनाईएको छ ।

त्यसैदिन भारतीय ख्यातिप्राप्त गायिका इन्दु सोनालीको टिमले सांस्कृतिक प्रस्तुति गर्ने भएको छ । त्यसैगरी फागुन ६ गते आयोजित सांस्कृतिक कार्यक्रममा भोजपुरी सुपर स्टार पवन सिंह, काजल राघवानी लगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुती हुने कार्यक्रम गर्ने भएका छन ।

त्यसैगरी फागुन ७ गते अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको आयोजना गरिने र प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी देवा थापा लगायतको उपस्थिति रहने जनाईएको छ । विज्ञप्तीमा धार्मिक तथा सांस्कृतिक महोत्सवको रुपमा आयोजित मधानी महोत्सव अवलोकनका लागि वारा, पर्सा, रौतहट सहित तराई मधेशका समग्र स्थानियवासिन्दालाई उपस्थित हुन आग्रह गरिएको छ । पत्रकार सम्मेलनमा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादव, प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button